काठमाडौँ । प्रतिनिधिसभाको अर्थ समितिको समोबारको बैठक स्थगित गरिएको छ ।
कोरम नपुगेको भन्दै बैठक स्थगित गरिएको सांसद सत्य पहाडीले जानकारी दिइन् । समितिले सोमबार अर्थ मन्त्रालयसँग आगामी आर्थिक वर्षको बजेटको तयारीका सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गर्ने सूचना जारी गरेको थियो ।
आइतबारका दुई बैठकमा आएका सुझाव सोमबार मन्त्रालयका अधिकारी समक्ष राख्ने र त्यहाँ पनि उठेका कुरालाई एकीकृत पारेर सरकारलाई समितिका निर्णय भन्दै सुझाव पठाउने समितिले तयारी गरेको थियो ।