देउवालाई पठाए भारतीय प्रधानमन्त्री मोदीले भारत भ्रमणको निम्तो

12.5k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणको निम्ता दिएका छन् । प्रधानमन्त्री बनेपछि देउवा पहिलो पटक भारतको औपचारिक भ्रमणमा जाने भएका हुन्।

देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग १९ चैतमा भेटवार्ता गर्ने छन्। भारतीय विदेश मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै देउवाको भ्रमणबारे जानकारी दिएको छ। 

भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा पत्नी आरजु राणासहित चैत १८ गते नयाँ दिल्ली प्रस्थान गर्नेछन्। प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच चैत १९ गते शनिबार भेटवार्ता हुनेछ। प्रधानमन्त्री भइसकेपछि यसअघि स्कटल्यान्डको ग्लासगोमा प्रधानमन्त्री देउवाले भारतीय समकक्षीसँग भेट गरेका थिए।

प्रधानमन्त्री देउवा बनारस पनि पुग्ने कार्यक्रम तय भएको छ। 

ताजा अपडेट
सम्बन्धित समाचार