काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चुनावका लागि अरु दलसँगको गठबन्धनमा नभई पार्टीको एकतामा ध्यान दिन पार्टी नेतृत्वलाई आग्रह गरेका छन् ।
नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा बोल्ने क्रममा उनले केन्द्रबाट गठबन्धन लाद्ने प्रयास नगर्न आग्रह गरेका छन् ।
केन्द्रीय समिति बैठकमा उनले भने, ‘गठबन्धन कोसँग ? किन ? र के का लागि गर्ने ? गठबन्धन गर्छु–गर्दिन भन्दा पनि पहिलो तलैबाट पार्टीभित्र एकता र सहकार्य गरौं ।’
मंसिरमा भएको महाधिवेशनमा शेरबहादुर देउवासँग सभापतिमा पराजित भएका कोइरालाले माथिबाट गरिएको गठबन्धनलाई तलका कार्यकर्ताले मानेनन् भने के हुन्छ भन्ने प्रश्न गर्दै उनले त्यसतर्फ ध्यान दिन जरुरी रहेको बताएका छन।