आगामी दिनमा आफ्नो पार्टी एउटा बलियो शक्तिको रुपमा स्थापित हुने कमल थापाको दावी

11.9k Shares

काठमाडौँ  । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी दिनमा आफ्नो पार्टी एउटा बलियो शक्तिको रुपमा स्थापित हुने दावी गरेका छन् ।

चौरानब्बे प्रतिशतभन्दा बढी नागरिक हिन्दु राष्ट्रको पक्षमा रहेकाले आफ्नो पार्टी आगामी दिनमा बलियो शक्तिको रुपमा स्थागित हुने उनको तर्क छ । 

स्थानीय तह निर्वाचनको तयारी भइरहँदा अध्यक्ष थापाले विगतमा आफ्नो पार्टीले लिएको हिन्दु राष्ट्र बनाउने अडानमा बहुसंख्यक जनताले ऐक्यवद्धता जनाएको उल्लेख गर्दै अब एउटा बलियो शक्ति बनेर उदाउने जिकिर गरे ।

सोमबार वीरगंजका स्थानीय सञ्चारकर्मीमाझ उनले जनताले मन नपराएको राजसंस्थाको एजेण्डालाई आफ्नो पार्टीले छोडेको पनि स्पष्ट पारे ।

 

 

ताजा अपडेट
सम्बन्धित समाचार