गठबन्धनको चुनाव सम्झेपछि सातो जाने गरेको छ : विष्णु प्रसाद पौडेल

21.9k Shares
सम्बन्धित पार्टी

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले पाँच दलीय गठबन्धनको चुनाव सम्झेपछि सातो जाने गरेको बताएका छन् ।

नेकपा एमाले सिद्धार्थनगर नगरकमिटीले सोमबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले गठबन्धन निर्वाचन कुनै पनि हालतमा सार्ने र टार्ने मनिस्तिथिमा रहेको दाबी पनि गरे ।

नेकपा एमाले सशक्त दबाब र खबरदारी गरेकोले संविधान र कानुनको व्यवस्था अनुरुप निर्धारित मितिमै निर्वाचन हुन लागेको हो । उनले अहिले जनलहर एमालेको पक्षमा भएकोले गठबन्धनको सरकार आत्तेको बताए ।

ताजा अपडेट
सम्बन्धित समाचार