लोकतान्त्रिक समाजवादी पार्टीले पहिलो केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूूचिहरु

25.8k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले पहिलो पटक केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।

बबरमहलस्थित लोसपा केन्द्रीय कार्यालयमा बुुधबारका लागि बोलाइएको पहिलो कार्यकारिणी समितिको बैठकले स्थानीय तहको निर्वाचन, पार्टीको आन्तरिक संगठन र चुनावी गठबन्धनलगायतका बारेमा छलफल गर्ने जनाएको छ । 

सदस्य केशव झाले भने, ‘पार्टी स्थापना भएपछि पहिलो पटक कार्यकारिणी समितिको बैठक बोलाइएको छ, सो बैठकले स्थानीय तहको निर्वाचनदेखि अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्नेछ ।’ 

उनका अनुसार देश भरीको रिर्पो‍ट संकलन गरेर आएका २८ जना नेताले बैठकमा आफ्नो धारणा राख्नेछन् ।

ताजा अपडेट
सम्बन्धित समाचार