परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता, के–के भयो त कुुराकानी ?

14.5k Shares

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच मंगलवार भेटवार्ता भएको छ ।  

श्रीलंकाको राजधानी कोलम्बोमा जारी बिमस्टेकको १८ औं मन्त्रीस्तरीय बैठकको सिलसिलामा दुई देशका परराष्ट्रमन्त्रीहरूबीच भेटवार्ता भएको हो । 

बिमस्टेक बैठकको साइडलाइनमा दुई देशका परराष्ट्रमन्त्रीबीच कुराकानी भएको हो । खड्का र जयशंकरबीच प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणको विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

तीनदिने औपचारिक भ्रमणको सिलसिलामा देउवा चैत १८ गते भारतको राजधानी नयाँ दिल्ली जाँदैछन् । 

ताजा अपडेट
सम्बन्धित समाचार