शनिबार प्रधानमन्त्री देउवा र मोदीले भर्चुअलरुपमा रेलको उद्घाटन गर्दै

7.4k Shares

काठमाडौँ । जयनगर–जनकपुर खण्डमा सञ्चालन हुने रेलको भारत र नेपालका प्रधानमन्त्रीले शनिबार संयूक्त रुपमा उद्घाटन गर्ने भएका छन् ।
 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शुक्रबार  नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाँदैछन् । भ्रमण कार्यक्रममा रेल उद्घाटनको विषय पनि रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले जानकारी दिएको छ । 

मन्त्रालय स्रोतका अनुसार दुबै देशका प्रधानमन्त्रीले रेलको भर्चुअल्ली उद्घाटन गर्ने छन् । १७ महिनादेखि थन्किएर बसेको रेलको अहिलेसम्म आधिकारिक रुपमा उद्घाटन हुन सकेको छैन । अहिले ‘ड्राइ रन’का रुपमा रेल चलाइएको छ । उद्घाटन भएपछि रेल जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर दूरीमा यात्रु बोकेर चल्ने छ ।

 

ताजा अपडेट
सम्बन्धित समाचार