एमालेसँग गठबन्धनको प्रयासमा कमल थापा,पार्टी खोलेर खुल्ला राजनीतिमा आउन पूर्वराजा ज्ञानेन्द्रलाई चुुनौति

8.3k Shares

काठमाडौँ । आउँदो स्थानीय निर्वाचनमा एमोलेसँगको गठबन्धनको तयारी भएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले बताएका छन्  ।

स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग सहकार्यको प्रयास भएको उनको भनाई छ । भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले यसपटकको निर्वाचनबाट धेरै अपेक्षा नरहेको बताउँदै पार्टीलाई खुट्टा टेकाउन मात्रै खोजेको  बताएका छन् । 

उनले भने, ‘स्थानीय निर्वाचनमा सहकार्य गर्ने कुरामा एमालेसँग प्रारम्भिक चरणको कुरा भएको छ, राष्ट्रियतासहितका विभिन्न सवालमा एमालेसँग निकट भएको महशुस गरेका छौं । सम्भव भयो भने सहकार्य गरेर जाने हाम्रो प्रयास हुनेछ ।’

यो निर्वाचनमा राजनीतिक दलहरुबीचमा गठबन्धन, सहकार्य संविधानलेनै अपेक्षा गरेकाले चुनावी तालमेल हुनु स्वभाविक भएको थापाको भनाई छ । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर खुल्ला राजनीतिमा आउन चेतावनी दिएका छन् । राप्रपालाई  रिमोट कन्ट्रोलबाट चलाउन खोजेको आरोप लगाउँदै दल गठन गरेर प्रतिष्पर्धामा आउन चुनौती दिएका छन् । 

ताजा अपडेट
सम्बन्धित समाचार