काठमाडौँ । नेपाली काँग्रेस नेता प्रकाशमान सिंहले गठबन्धनको औचित्य अझै नसकिएको बताएका छन् ।
गठबन्धनको औचित्य रहेकाले नै केन्द्रीय कार्यसमिति बैठकले स्थानीय आवश्यकताका आधारमा सत्ता साझेदार दलहरुबीच तालमेल गरेर जाने निर्णय गरेको उनले जानकारी दिए ।
कहाँ कसरी तालमेल गर्ने बिषयमा छिट्टै दलहरु बसेर मोडालिटी तय हुने समेत सिंहको भनाइ छ। नेपाली नागरिकलाई अधिकार दिलाउने पार्टी काँग्रेस भएको कुरा नबिर्सन उनले सबैमा अपिल गरेका छन् ।
बुधबार काठमाडौंको बुद्धनगरमा आयोजित स्थानीय नागरिकहरुसितको भेटघाटका क्रममा उनले चुनावीमा जनताले पार्टीहरुको लेखाजोखा गर्ने बेला आएको उल्लेख गरेका छन् ।
फरक प्रशंगमा बोल्दै परिवर्तनको नारा दिएर जनतालाई भ्रम छरेर क्रान्तिकारी कुरा गरेर राजनीतिमा आएको पार्टी विवेकशील साझाको हालत के भयो भन्दै प्रश्न गरे । राजनीतिमा नारा र भाषणले मात्रै चल्दैन भने कुरा पुष्टि भएको सिंहले बताए ।