काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ ।
बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा अन्य दलहरुसँग चुनावी तालमेलबारे छलफल हुने लोसपाले जनाएको छ ।
बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बोलाइएको बैठकमा विचार मिल्ने नमिल्ने दलहरुसँग स्थानीय तहको आवश्यकता र अवस्था अनुसार तालमेल गर्ने तयारीमा लोसपा छ ।
बैठकमा स्थानीय तहको निर्वाचनको रणनीति, चुनावी घोषणापत्रदेखि समसामयिक राजनीतिको विषयमा पनि छलफल हुने छ । लोसपाका नेताहरू सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेकोबारे शीर्ष नेताहरु बैठकमा प्रष्ट पार्ने बताइएको छ ।