काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बिहीबार बस्ने भएको छ।
सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेसँगै सत्ता गठबन्धनको बैठक बस्न लागेको हो ।
मंगलबार सकिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आवश्यकताको आधारमा गठबन्धन गर्ने निर्णय गरेपछि बिहीबारका लागी सत्ता गठबन्धनको बैठक तय भएको हो।
बुधबार चितवन पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि गठबन्धनको बैठक बस्ने जानकारी दिएका हुन्।