काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनावी गठबन्धन लोकतन्त्रको मूल्य र मान्यताका आधारमा हुनुपर्ने बताएका छन्।
बिहीबार नेम्वाङले नेपालको संविधानले गरेको व्यवस्थाअनुसार नै कुनै दलले बहुमत ल्याउन मुस्किल पर्ने बताए।
उनले भने, ‘‘गठबन्धनका कुराहरु आउँछन्, यसबारे हाम्रो स्पष्ट दृष्टिकोण छ, अहिलेको संविधानले अंगालेको मिश्रित निर्वाचन प्रणालीअनुसार अपवादमा बहुमत आउँछ, नत्र भने कुनै दलले पनि स्पष्ट बहुमत ल्याउन सक्दैन तर ढङ्ग पुगेन भने सम्बन्धित दलले दुख पाउनुहुन्छ।’
उनले प्रतिस्पर्धाका बाबजुद सबै दल मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिइका छन् ।