इन्डो नेपाल फ्रेन्डसिपसह अन्तर्राष्ट्रिय वातावरण संरक्षण अभियान अन्तर्गत सुपौल जिल्लाको निर्मली ब्लक अन्तर्गत कुनौली सीमा नजिकैको जागेश्वर हाईस्कुल कुनौलीमा सघन वृक्षारोपण तथा जनचेतनामूलक कार्यक्रम भएको छ । उक्त कार्यक्रम भारत नेपाल सामाजिक संस्कृति मञ्चको समन्वयमा आयोजना गरिएको हो ।
नवोदय फ्रेन्ड्स अफ इन्भायरमेन्ट सुपौल र आसियान अन्तर्राष्ट्रिय पत्रकार परिषद्, जनकपुर वन प्रादेशिक समाजद्धारा नेपाल भारतको सीमा क्षेत्रमा गरिएको हो ।
वन विभाग सुपौल र वन डिभिजन कार्यालय सप्तरी, जागेश्वर हाईस्कुल कुनौली, राजविराज भन्सार कार्यालय सप्तरी नेपाल र जनता रा. प्रा. विद्यालय बेल्ही मलहनिया सप्तरीमा वृक्षरोपण गरिएको थियो ।
कुनौलीको जागेश्वर उच्च माध्यमिक विद्यालयमा कार्यक्रमको शुरुवात नेपालबाट आएका डिभिजन वन कार्यालय सप्तरीका डिएफओ हेमन्तकुमार साहको प्रमुख आतिथ्यमा भएको थियो ।
वातावरण इन्जिनियर सुरेश शर्माले वातावरणका बारेमा चर्चा गर्दै मानिसलाई दैनिक १६ केजी अक्सिजन चाहिन्छ भने एउटा वयस्क बोटले दिनमा साढे दुई किलो मात्र अक्सिजन दिन सक्छ, त्यसको हिसाब गर्ने हो भने मानिसलाई ७ वटा रुख रोप्न आवश्यक पर्ने बताए ।
त्यसैले आज जसरी वातावरण प्रदूषित हुँदै गइरहेको छ, पानीको सतह घट्दै गएको छ, यस्तो अवस्थामा रुख रोप्ने र नजिकका बिरुवाको संरक्षण गर्नु पनि प्रत्येक व्यक्तिको दायित्व भएको बताए । विकासको नाममा बिरुवा काट्ने तर त्यसको अनुपातमा बिरुवा रोप्न नसकेको भन्दै मौसममा प्रतिकूल असर परेको भन्दै इन्डोनेपाल मैत्री वातावरण अभियान सञ्चालन गर्नुको उद्देश्य रहेको बताए ।
भारत–नेपाल सीमा क्षेत्रमा बढीभन्दा बढी रुख रोपेर सचेत बन्न र त्यसको संरक्षणका लागि भारत–नेपालका सबै सीमावर्ती क्षेत्रमा यो अभियान चलिरहेको छ । यसअघि जलेश्वर सीमानाका वातावरणीय इन्जिनियर सुरेश शर्माले यो काम गरेका हुन् ।
अतिथिको रुपमा अन्य वक्ताहरुको पनि उपस्थिति रहेको थियो ।
पत्रकार लेखक सुजित झा, राजविराज भन्सार प्रमुख दीपेन्द्रकुमार झा, निर्मली ब्लक प्रमुख वसीद अहमद, नेपाल मधेसी दल नेकपाका वरिष्ठ नेता विनोदकुमार सिंहले आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा उपस्थित विद्यालयका प्रिन्सिपल ब्लक हेड, वातावरणीय इन्जिनियर सुरेश शर्माले कार्यक्रमका आयोजक माता जानकीलाई जानकी मन्दिरको तस्बिर उपहार स्वरुप प्रदान गरेका थिए ।
आयोजक समितिको तर्फबाट हाईस्कुलका प्रधानाध्यापक विनोदकुमार विमल, सिरहा नेपालका नदी सरसफाई इन्जिनियर धीरेन्द्रकुमार साह, तिलाठीका माओवादी नेता मुकेश यादव, राजनीतिक विश्लेषक बलरामप्रसाद यादव, शशांक राज, गुणसागर साहु, तेजबहादुर खड्का लगायत अतिथिको रुपमा रहेको थियो ।
कार्यक्रमको संचालन भारत नेपाल सामाजिक संस्कृति मञ्चका अध्यक्ष राजेशकुमार शर्माले गरेका थिए ।