आसन्न स्थानीय तह निर्वाचनमा समन्वय गर्न तत्लो तहसम्मै दलीय संयन्त्र बनाउने सत्ता गठबन्धनको निर्णय

8.6k Shares

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूले आसन्न स्थानीय तह निर्वाचनमा समन्वय गर्न तत्लो तहसम्मै दलीय संयन्त्र बनाउने निर्णय गरेका छन् ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन दलका नेताहरूको बैठकले महानगरपालिकामा केन्द्रबाट र उपमहानगर, नगरपालिका तथा गाउँपालिकामा पार्टीहरूका सम्बन्धित तहबाटै तालमेलको निर्णय गर्ने निर्णय गरिएको छ ।

 नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले भने, “स्थानीय निर्वाचनमा एकताबद्ध भएर जाने, महानगरको निर्णय माथिबाट, अन्य पालिकाका लागि तलै निर्णय गर्न सबै दलको संयन्त्र बनाउने सहमति भएको छ, बाँकी प्रक्रियाका विषयमा पुनः छलफल गरेर अगाडि बढ्ने समझदारी भएको छ ।”

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर फर्किएपछि पुनः गठबन्धनको बैठक बस्ने बताइएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार