काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा ) का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा नयाँ शीतयुद्धको छाया मडारिरहेको बताएका छन् ।
आज बिहीवार रिपोर्ट्स क्लबको २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले उनले युक्रेनको घटनाबाट नेपालले पाठ सिक्नुपर्ने समेत बताएका छन् ।
उनले विश्व राजनीतिसँगै परिवर्तित भूराजनीतिका कारण अमेरिका, चीन र भारतबीचका सम्बन्धले समेत नेपालको आन्तरिक सम्बन्धलाई प्रभावित बनाइरहको बताए । नेपाल विश्वका शक्तिशाली देशहरूको चासो बनेको भन्दै यो परिस्थितिलाई समयमै आँकलन गरेर राष्ट्रिय मुद्दामा राष्ट्रिय समझदारी बनाउनुपर्ने उनको भनाई छ ।
नेता भट्टराईले लोकतन्त्रलाई अझै पनि ठिक ढङ्गले पूर्णता दिन नसकेको बताएका छन् । उनले पूर्ण समानुपातिक संसद् र प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री प्रणालीमा नगएसम्म देशमा लोकतन्त्रले पूर्णता नपाउने दाबीसमेत गरे ।