लोसपाको कार्यकारिणी समितिको दोस्रो दिनको बैठक सुरु, यस्ता छन् एजेण्डा

11k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको कार्यकारिणी समितिको दोस्रो दिनको बैठक सुरु भएको छ ।

बबरमहलस्थित लोसपाको कार्यालयमा सुरु भएको बैठकमा सरकारमा सहभागिता, स्थानीय तहको चुनाव, संगठन निर्माण, केन्द्रीय समिति निर्माण लगायतका एजेण्डामा छलफल हुनेछ । 

यसअघि बुधबारको बैठकमा आठजनाले आफ्नो धारणा राखेका थिए । उनीहरुले केन्द्रीय समितिलगायत बाँकी रहेका संगठन तत्काल गठन गरी पार्टीलाई चुनावमा होमिनुपर्ने सुझाव दिएका थिए । अरु पार्टीहरू एजेण्डासहित चुनावमा होमि सके, लोसपा अझै अलमलमा रहेको हुनाले यो बैठकबाट संगठनको काम सकाएर जिम्मेवारीसहित पार्टीलाई चुनावमा होमिनुपर्ने सुझावहरु आएको कार्यकारिणी सदस्य अकवाल अहमदले बताए ।

सरकारमा जाने विषय बाहिर आएकाले वास्तविकता नेतृत्व पंक्तिले बताउनुपर्ने धारणा नेताहरुले राखेका थिए । 

 

ताजा अपडेट
सम्बन्धित समाचार