काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ४ बजे सर्वदलीय बैठक बोलाउन लागेको हो तर उपस्थित हुन बोलाएका सबै नेताले बहाना गर्दै नजाने र अस्वीकार गरेका छन् ।
केहि नेता राष्ट्रिय कार्यकर्ता भेलाको तयारीमा व्यस्त रहने जनाएको छ भने केहि नेता स्वास्थ्यमा समस्या देखिएकाले जान नसक्ने बताएका छन् । राष्ट्रपति भण्डारीले आज ४ बजे पूर्वप्रधानमन्त्रीहरू सहित संघीय संसद प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक आह्वान गर्नुभएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, झलनाथ खनाल, पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई लगायतका नेताहरुले धमाधम बहिष्कार गर्ने घोषणा गर्न थालेका छन् ।