काठमाडौं । व्यावसायि तथा एमाले नेता दुर्गा प्रसाई खरो बोल्ने व्यक्तिको रुपमा चिनिन्छन । उनले भक्तपुरको तरकारी बजारको उद्घाटन कार्यक्रम दिएको मन्तव्य खुब चर्चामा छ । उनले नेकपा एकीकृत समाजवादीले एक सिट पनि नजित्ने जित्ने यदि जिते भने सबै सम्पत्ति दिने भने दावी गरेका थिए ।
उनको यस भनाइ प्रति असन्तुष्टि जनाउदै नेकपा एकीकृतका नेता वासिम आलमले सामाजिक संजाल ट्वीटरमा उनको आलोचना गर्दै उनलाई मेडिकल माफिया भन्दै धेरै चुरीफुरी नगरी चुनाव जित्न चेतावनी दिए ।
यसको जवाफमा प्रसाइले आलमलाई मन्त्रीको पीए भएर सरुवाबढुवाको नाममा कति कमाएको र विद्यार्थी नेताको बिल्ला भिडाएर क्याम्पसमा असुली गर्दै हिडेको आरोप लगाए । उनले असली माफियाको आरोप समेत लगाए ।
