काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सुदूरपश्चिम सरकारमा कांग्रेसको सहभागिता हुनुपर्ने बताएका छन् ।
उनले आगामी स्थानीय निर्वाचनका लागि बन्ने गठबन्धन सुदूरपश्चिम प्रदेशको सरकारमा कांग्रेसको सहभागिता नभएसम्म कार्यान्वयनमा कठिनाइ हुने धारणा राखेका हुन् ।
स्थानीय निर्वाचन परिचालन समितिका संयोजक एवं कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको परिचालन समितिको बैठकमा नेता महरले कांग्रेसको नेतृत्वमा केन्द्र र ६ वटा प्रदेशमा गठबन्धनको सरकार बनेको अवस्थामा सुदूपश्चिममा पनि बन्नु पर्ने धारणा राखेका छन् ।
पटक–पटक सुदूरपश्चिम प्रदेशका कांग्रेस सांसदले केन्द्रीय नेतृत्वलाई यसबारेमा अवगत गराउँदा पनि सरकारमा किन कांग्रेसलाई सहभागी गराइएन भन्दै उनले प्रश्न गरेका हुन् । यसअर्थ सुदूरपश्चिममा स्थानीय निर्वाचनका लागि बन्ने गठबन्ध सुदूरपश्चिम सरकारमा कांग्रेसलाई अनिवार्य सहभागी गराउनुपर्ने नेता महरको धारणा छ ।