ओलीले दिए वर्तमान सरकारलाई म्यादी सरकारको संज्ञा

9.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई म्यादी सरकारको संज्ञा दिएका छन् ।

जुम्लाको सिँजा गाउँपालिकाको नराकोटमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो सरकारको दिनगन्ती सुरु भइसकेको दाबी गरे । 

उनले भने, ‘एमालेप्रतिको जनताको आकर्षणले गठबन्धनको सरकारलाई छटपटी भइरहेको छ, जनतालाई ढाँट्ने र छक्याउने खेलमा मात्र सरकारको सक्रियता देखियो ।’ 

आगामी स्थानीय तहको निर्वाचनमा एमालेलाई मतदात गरी समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी हुन उनले आग्रह गरे । ओलीले जुम्ला खस भाषा, संस्कृति र सभ्यताको धनी ठाउँ भएकोले विकासको इतिहास आफ्नो परिस्थितिअनुसार गर्नसक्ने बनाउनुपर्नेमा जोड दिए । 

ताजा अपडेट
सम्बन्धित समाचार