काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले जनता समाजवादी पार्टी गठबन्धन अनुसार अघि बढ्ने बताएकी छन् ।
शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री यादवले विभिन्न परिस्थितिलाई मध्यनजर गर्दै जसपा गठबन्धनकै निर्णयलाई आत्मसात गर्दै त्यही हिसाबले अघि बढ्ने बताएकी हुन् ।
उनले स्थानीय तहको निर्वाचनमा सबै पालिकामा गठबन्धन हुन नसके पनि आवश्यकता अनुसार गठबन्धन गर्न सकिने बताइन् ।
मन्त्री यादवले राजनीतिमा हरेक थोक सम्भव रहेकाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसँग पनि गठबन्धन हुनसक्ने भन्दै उनले यसका लागि मन र नियत साफ हुनुपर्नेमा जोड दिइन् ।