स्थानीय तहमा राजनीतिक दलहरु हुन नहुने भन्दै सडकबाट स्वतन्त्र उम्मेद्‍वार घोषणा अभियान सुरु

8.6k Shares

काठमाडौं । स्थानीय तहमा राजनीतिक दलहरु हुन नहुने भन्दै स्वतन्त्र अभियानले सडकबाट स्वतन्त्र उम्मेद्‍वार घोषणा अभियान सुरु गरेको छ । काठमाडौैंका बानेश्वरको सडकमा कार्यक्रम गर्दै स्वतन्त्र उम्मेद्‍वार अभियान सुरु गरिएको हो ।

अभियानको घोषणा सभामा डा. विरेन्द्र झापालीले सबै पेशाकर्मीदेखि नागरिक समाजसम्म दलको भएकोले अब स्वतन्त्र मान्छे खोजिरहेको बताएका छन् ।

उनले भने,  ‘सबै पेशाकर्मी कुनै न कुनै पार्टीमा हुन्छन् तर हामीले स्वतन्त्र उम्मेद्‍वार खोजिरहेका छौं । पार्टीहरु खत्तम भनेर गाली गर्ने होइन अब देशको लागि प्रबुद्ध, बौद्धिक व्यक्तित्वहरु लाग्नुपर्छ, हामी कुर्सीको लागि लड्ने होइन देशको विकासको लागि उम्मेद्‍वार घोषणा गरौं ।’

उनले देश विकासका लागि देशभक्तहरुको ३ वटा पार्टी पर्याप्त हुने भन्दै १ सय ७७ पार्टी नचाहिने टिप्पणी गरे ।

डा. सुरेन्द्र भण्डारीले स्थानीय तहको चुनावमा राजनीतिक दलको कार्यकर्ता भएर चुनाव लड्दा समाज विभाजन भएको बताए ।

 

ताजा अपडेट
सम्बन्धित समाचार