काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले विराटनगर विमानस्थलको स्तरोन्नति गरिने बताएका छन् ।
आज विराटनगर विमानस्थलको अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री आलेले चाँडै नै विराटनगर विमानस्थलको स्तरोन्नति लगायत अन्य भौतिक संरचना निर्माणको काम गरिने बताएका छन् ।
उनले भने, “विराटनगर विमानस्थलको स्तरोन्नतिका लागि बजेट विनियोज भइसकेको छ, यहाँ निर्माण गर्नु पर्ने भौतिक संरचनादेखि कन्भेर बेल्ट लगायतको काम चाँडै हुने छ ।”
यसैगरी मन्त्री आलेले विमानस्थल स्तरोन्नतिका लागि रकम अपुग भए आगामी आउने बजेटमा विनियोजन गर्ने समेत जानकारी दिएका छन् । विराटनगरबाट अन्य क्षेत्रमा पनि जहाज चलाउनका लागि पहल भइरहेको समेत मन्त्री आलेले बताएका छन् ।
विराटनगर विमानस्थल क्षेत्रीय स्तरको विमानस्थल निर्माणका विषयमा भइरहेका कामका बारेमा पत्रकारले सोधेको प्रश्नमा मन्त्री आलेले जग्गा अधिग्रहणकै लागि मात्र १७ करोड रुपैयाँ आवश्यक पर्ने भएको र यहाँका नागरिक समाज तथा सबै क्षेत्र तह, तप्काबाट जग्गा प्राप्ति हुन सके यो विमानस्थल क्षेत्रीय स्तरको विमानस्थल बनाउनका लागि आफुले सक्दो सहयोग गर्ने समेत मन्त्री आलेले जानकारी दिएका छन् ।
उनले भने, “विराटनगर क्षेत्रीय स्तरको विमानस्थल वानउने विषयमा मलागयत पूरै हाम्रो टिम सकारात्मक छ, जग्गा प्राप्तिका लागि आवश्यक सहयोग गरे, क्षेत्रीय स्तरको विमानस्थल अवश्य बनाउने छौँ ।”