पार्टीले गरेको निर्णय नमान्नेहरूले पार्टी छोडेर जाँदा हुन्छ : प्रकाशमान सिंह

9.5k Shares
सम्बन्धित पार्टी

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले गरेको निर्णय सबैले मान्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस, काठमाडौँ क्षेत्र नं. १ ले बानेश्वरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो बताएका हुन् । संस्थापनइतरलाई इङ्गित गर्दै उनले भनेका छन्, ‘पार्टीले गरेको निर्णय नमान्नेहरूले पार्टी छोडेर जाँदा हुन्छ ।’

कांग्रेसभित्र बसेर कांग्रेसलाई नै कमजोर पार्ने नेताहरूको जरुरत पार्टीले नपरेको नेता सिंहको भनाइ थियो । उनले भने, ‘यस्ता नेताहरू बाहिरिँदा नै राम्रो हुन्छ, यसपालिको चुनावमा क–कसले के के गर्छ, कसले कति सहयोग गर्छ, त्यसको एक एक हिसाबकिताब हुन्छ ।’

यस्तै उनले गठबन्धन मुलुकको लागि आवश्यक रहेको दोहोर्‍याएका छन् । ‘यो भनेको जनताको म्यान्डेटअनुसार नभएपनि विशेष परिस्थितिले बनाएको हो, दिएको हो । यो स‌ंविधानको रक्षाका लागि चाहिन्छ,’ उनले भनेका छन् । उनले नेताहरूले गठबन्धनको विरुद्धमा बोल्दा जनतामा अनावश्यक भ्रम छरिएको टिप्पणीसमेत गरेका छन् ।

 

ताजा अपडेट
सम्बन्धित समाचार