काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई चुनावी तालमेलको विश्वासिलो आधार नदिए नेकपा एमालेतिर जाने चेतावनी दिएका छन् ।सत्ता गठबन्धनको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेससँग चुनावी तालमेलको विश्वासिलो आधार खोजीको लागि यस्तो चेतावनी दिएका हुन् ।
नेकपा एमाले माओवादी बिरुद आक्रमक भएको बेला त्यहि पार्टीसंग गठबन्धन गर्ने भनेर प्रचन्डले घुर्की लगाएका हुन् । नेकपा एमालेका अध्यक्ष केपी ओली प्रचन्डमाथि आक्रामक हुदै आएका छन भने त्यहि एमालेसंग मिलेर चुनाव लड्ने भनेर प्रचण्डले कांग्रेससंग बार्गेनिङ गरेको देखिन्छ ।
नेपाली कांग्रेससंगको गठबन्धन गर्दा माओवादीले सम्मानजनक स्थान पाएन भने माओवादी पार्टीको कडा आलोचना गरिराखेको एमालेसंग मिल्दा सम्मानजनक अबस्था हुन्छ र ?
पछिल्लो चुनाव देखि माओवादी एक्लै चुनाव लड्नबाट पन्छी रहेको छ भने गठबन्धन पनि परिवर्तन गर्दै आएको छ । अहिलेको चुनावमा पनि एक्लै जाने अवस्थामा नरहेको प्रचन्डकै भनाइबाट पुष्टि हुन्छ । एक जना माओवादी कार्यकर्ताको अनुसार हामी जब सम्म अरुको पुच्छर समातेर अगाडि बढ्छौ तबसम्म सम्मानजनक स्थितिमा आउने अबस्था हुन् सक्दैन र हाम्रो पार्टीको तल्लोतह सम्मका नेताहरु एक्लै चुनाव लड्न सक्ने अवस्थाको कल्पना गर्न समेत छोडेको र यस्तो अबस्था आउनमा पार्टी नेत्रित्व दोषी भएको उनले आरोप लगाए ।
बिगतमा माओवादी पार्टीले आफ्नो स्वार्थ अनुसार गठबन्धन परिवर्तन गरिरहेकोले गठबन्धनका दलहरु माओवादीमाथि विस्वास गरिहाल्ने अबस्था देखिदैन भने माओवादी एक्लै चुनाव जाने सामर्थ्य पनि गुमाएको देखिन्छ ।