आज नेपाली रेलको उद्घाटन, जनकपुर–जयनगर ७० र कुर्था–जयनगर ९० रुपैयाँ भाडा कायम

11.9k Shares

काठमाडौँ । जनकपुर– जयनगर खण्डमा चल्ने रेलको आज उद्घाटन हुँदैछ । 

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रेल उद्घाटन गर्न लागेका हुने । आज दिउँसो दुवै प्रधानमन्त्रीले नयाँदिल्लीमा रहेको हैदराबाद हाउसबाट हरियो झण्डा देखाएर उद्घाटन गर्ने कार्यक्रम छ । 

आज उद्घाटन भएपछि भोलिदेखि रेल नियमित रुपमा चलाउने तयारी छ । दिनको दुईपटक जयनगरबाट रेल गुड्ने नेपाल रेलवे कम्पनीले जनाएको छ । कम्पनीकाअनुसार दुवै रेल एकैचोटि चलाउँदा बिग्रिन सक्ने भएकाले मर्मत गर्दै आलो–पालो चलाउने तयारी छ । 

एक पटकमा एउटा रेलमा १ हजार ३५० यात्रुले यात्रा गर्न सक्ने कम्पनीको भनाइ छ । रेलमा सिटमा बसेर र उभिएर यात्रा गर्ने व्यवस्था पनि मिलाइएको रेलवे कम्पनीले जनाएको छ ।

जनकपुर–जयनगर ७० र कुर्था–जयनगर ९० रुपैयाँ भाडा कायम गरिएको छ । एसी सिटका लागि भने जनकपुर–जयनगर ३५० र कुर्था–जयनगर ४५० रुपैयाँ भाडा कायम गरिएको कम्पनीले जनाएको छ । 

ताजा अपडेट
सम्बन्धित समाचार