प्रधानमन्त्री देउवा र नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदै

9.3k Shares

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ ।

 नयाँदिल्लीमा हुने भेटमा दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुने भएको छ । हिजो नेपाली राजदूतावासमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपाल र भारतबीच केही नयाँ सम्झौतापत्रहरू पनि आदानप्रदान हुने बताएका छन् । 

भेटवार्तामा ३५ किलोमिटर लामो जयनगर–कुर्था रेलसेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु करिडोर प्रसारण लाइनको शुभारम्भ, नेपालमा निर्माणाधीन एक सय ३२ वटा स्वस्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले श्रव्यदृश्यका माध्यमबाट जानकारी लिने कार्यक्रम छ ।

तीनदिने भारत भ्रमणमा हिजो नयाँदिल्ली पुग्नुभएका प्रधानमन्त्री देउवाले ओहदा बिर्सिएर भाजपा मुख्यालय गएको भन्दै आलोचना भैरहेको छ । नयाँदिल्ली पुगेलगत्तै देउवाले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका हुन् । 

हिजो नै प्रधानमन्त्री देउवासँग भारतका विदेशमन्त्री सुब्रमन्यम जयशङ्करले शिष्टाचार गरे ।  भ्रमणमा प्रधानमन्त्रीका साथ परराष्ट्रमन्त्री खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वाथ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव लगायत छन् । 

ताजा अपडेट
सम्बन्धित समाचार