काठमाडौं । भारतको तीन दिने भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशस्थित वाराणसी बनारस पुगेका छन् ।
बनारसस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवालाई स्वागत गर्न उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यना पुगेका थिए ।
देउवाको साथमा पत्नी आरजु राणा सहित परराष्ट्रमन्त्री नारायण खड्का, ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा र कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव पनि बनारस पुगेका थिए।
बनारसको भ्रमणपपछि प्रधानमन्त्री देउवा स्वदेश फर्किने कार्यक्रम छ । प्रधानमन्त्री देउवा शुक्रबार भारत भ्रमणमा गएका हुन् ।