माधव समूहको राष्ट्रिय कार्यकर्ता भेला यसरी हुँदै

17.6k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं ।  नेकपा एमालेको माधव नेपाल समूहका राष्ट्रिय कार्यकर्ता भेला आजदेखि सुरु हुन् लागेको हो ।

वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको अवस्था तथा हालसम्म भएका गतिविधि समेटिएको प्रतिवेदन पेस गर्न ललितपुरको सानेपास्थित हेरिटेज ब्याक्वेटमा आज र भोलि आयोजना हुने जनाएको छ  ।

कार्यकर्ता भेलामा देशभरका २ हजार भन्दा बढी नेता कार्यकर्ता सहभागी हुने एमालेका नेता योगेश भट्टराईले बताए । साथै माधव नेपाल समूहले एमाले सर्वोच्च अदालतको फैसलाबाट पुनःस्थापित भएकाले माओवादीसँग एकीकरणअघिकै संरचनामा पार्टी फर्किनुपर्ने बताएको छ ।

यसैबीच अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले आजको भेलामा सहभागी नहुन कार्यकर्तालाई आह्वान गरेका छन् । भेला आयोजना गर्ने र सहभागी हुनेमाथि कारवाही गरिने चेतावनी समेत महासचिव पोखरेलले विज्ञप्तिमार्फत दिएका छन् ।

संस्थापन समूहले फागुन २८ गते विशेष केन्द्रीय कमिटी बैठकबाट गरेका निर्णय नमान्ने अडान नेपाल समूहको छ ।यसबीचमा दुवै समूहबीच वार्ता भएपनि सोही विषयमा सहमति हुन सकेको छैन ।

ताजा अपडेट
सम्बन्धित समाचार