पाँच दलीय गठबन्धनलाई एमाले एक्लै भारी हुन्छ : पद्मा अर्याल

21.8k Shares
सम्बन्धित पार्टी

काठमाडौँ । नेकपा एमाले सचिव पद्मा अर्यालले अबको चुनावमा पाँचदलीय गठबन्धनलाई एमाले एक्लै भारी हुने दाबी गरेकी छन् । 

अर्यालले जो कमजोर छ, उसले नै गठबन्धन बनाउने भएकाले एमालेभन्दा कांग्रेस कमजोर भएको पुष्टि हुने बताउँदै गठबन्धनलाई पछारेर एमाले आगामी चुनावबाट देशकै पहिलो शक्ति बन्ने दाबीसमेत गरिन् ।

नेपाल खेलकुद महासंघ (नेकोस) गण्डकी प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै पूर्व भूमि सुधारमन्त्री समेत रहेकी नेता अर्यालले सो दाबी गरेकी हुन् । 

उनले खेलकुद महासंघमा पार्टीको कुनै हस्तक्षेप नहुने बताउँदै खेलाडीलाई नै प्राथमिकता दिएर खेलाडीहरुको साझा संगठनका बनाउने कुरामा पार्टीको जोड रहेको उल्लेख गरिन् ।

 

ताजा अपडेट
सम्बन्धित समाचार