मुलुकको राजनीति उथलपुथलले क्याम्पसका दुई पक्षीय विद्यार्थीबीच विवाद

11.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं ।  देशको राजनीति उथलपुथलले त्यसको असर विभिन्न शैक्षिक संस्थाहरूमा प्रभाव पारेको छ ।

मोरङको सुन्दरहरैचामा रहेको सुकुना बहुमुखी क्यापसमा राजनीतिक प्रभावका कारण क्याम्पसमा नेकपा एमालेभित्रको विवादका कारण अनेरास्ववियु विभाजित हुँदा विद्यार्थी संगठनले ताल्चा  लगाइएका  छन् ।

माओवादी र एमाले आ-आफ्नो बाटामा लागे पनि त्यसको असर क्याम्पसमा देखिएको हो ।  केही दिनअघि माधव नेपाल निकट विद्यार्थी संगठनले १० बुँदे माग राख्दै क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाएका थियो । प्रशासनले विद्यार्थी संगठनका माग सम्बोधन गर्न टोली नै गठन गरेको थियो ।

फेरी केही दिनमै प्रधानमन्त्री केपी ओली निकटका विद्यार्थी संगठनहरूले २१ बुँदे मागपत्रसहित क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाएका थिए । प्रधानमन्त्री ओली निकटका विद्यार्थी संगठनका माग सम्बोधन गर्न प्रशासनले वार्ता गरेको थियो ।

दुवै पक्षमा आ-आफ्नो संगठन आधिकारिक रहेको भन्दै विवाद भएका छन् । 

 

ताजा अपडेट
सम्बन्धित समाचार