राप्रपाको सदस्यता वितरण र चन्दा संकलन अनलाइनबाटै लिने

10.6k Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी सदस्यता वितरण र आर्थिक सहयोग पनि अनलाइनबाटै लिने व्यवस्था मिलाएको छ।

पार्टीका आर्थिक गतिविधि सञ्चालन गर्न विदेशीको सहयोग लिने पक्षमा नभएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् । पार्टी वेबसाइटमा गएर सदस्यता र आर्थिक सहयोग दिन सकिने उनको भनाई छ । 

उनले नेपालीहरूले दिने आर्थिक सहयोगले देशभक्तिपूर्ण राष्ट्रवादी आन्दोलनलाई थप उचाइमा पुर्‍याउनेसमेत बताएका छन्। प्रवक्ता श्रेष्ठका अनुसार पार्टी सिद्धान्त, नीति, विधान र कार्यक्रमलाई निस्शर्त रूपमा पालना गर्न मन्जुर हुनेहरूले अनलाइनबाटै सदस्यता लिन सक्नेछन्।

साधारण र सक्रिय सदस्य अनलाइनबाटै दिने व्यवस्था गरिएको उनले बताए। साथै आर्थिक सहयोग पनि आइएमईपे र खल्ती एपलगायतबाट गर्न सक्ने व्यवस्था मिलाइएको उनले बताए।

 

ताजा अपडेट
सम्बन्धित समाचार