ठूलो पार्टी बन्ने चाहनामा गलत प्रवृत्तिसँग सम्झौता गरेर बाटो बिरायौं : कमल थापा

9.6k Shares

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतमा ठूलो पार्टी बन्ने चाहनामा गलत प्रवृत्तिसँग सम्झौता गर्दै बाटो बिराएको बताएका छन्।

राप्रपा नेपाल रामेछाप जिल्ला समितिद्वारा सदरमुकाम मन्थलीमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सोमबार थापाले विगतमा जनमुखी र संगठनमुखी नभएको बताए।

सत्ताकेन्द्रित फोहोरी खेलमा अल्मलिँदा पार्टी महत्त्वहीन र भूमिकाविहीन भएकोले विगतका त्रुटि र कमजोरी सच्याउँदै आगामी दिनमा गल्ती नगर्ने थापाले बाचा गरेका छन्।

नेपाललाई बाह्य शक्ति केन्द्रहरूको रणनीतिक प्रतिस्पर्धास्थल बनाउने खेल अनुसार काम भइरहेको भन्दै थापाले ठूला दलहरू मुलुकको स्वाधीनता र समृद्धिमा भन्दा ब्रम्हलुटमा केन्द्रित भएको आरोप लगाए।

भ्रष्टाचार, बेरोजगारी र कुशासनको दलदलमा फसाउने अदुरदर्शी दलहरूको विकल्प खोज्ने बेला भन्दै थापाले राप्रपा नेपाल नै अरु असफल दलको विकल्प हुन सक्ने दाबी गरे।

 

ताजा अपडेट
सम्बन्धित समाचार