स्थानीय तह निर्वाचनको मतपत्र छपाइ शुरू

10.9k Shares

 

काठमाडौँ । वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनको मतपत्र छपाइ शुरू भएको छ । 

निर्वाचन आयोगले मतपत्र छाप्ने निर्णय गरेर जनक शिक्षा सामाग्री केन्द्रलाई पत्र पठाएको र मतपत्र छाप्ने काम शुरू भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका हुन् । 

आयोगले स्थानीय तह निर्वाचनको लागि एक करोड ९४ लाख थान मतपत्र छाप्ने तयारी गरेको छ । पहिले दुर्गम क्षेत्रमा पठाउने मतपत्र छपाइ हुने र क्रमशः सुगम क्षेत्रको मतपत्र छपाइ हुने आयोगले बताएको छ । 

 

ताजा अपडेट
सम्बन्धित समाचार