राजनीति गर्दा उच्च सैनिक अनुशासन देखाउन प्रधान सेनापति शर्माको आग्रह

10.8k Shares

काठमाडौँ ।  प्रधान सेनापति प्रभूराम शर्माले भूतपूर्व  सैनिकहरूलाई मन परेको राजनीतिक पार्टीमा लाग्ने छुट भए पनि राजनीति गर्दा भने उच्च सैनिक अनुशासन देखाउन आग्रह गरेका छन्  । 

नेपालगञ्जको ४ बाहिनी व्यारेकमा सोमबार आयोजित भूतपूर्व सैनिकहरूको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानसेनापति शर्माले राजनीतिमा पनि उच्च नैतिकता र अनुशासन देखाउन आग्रह गरेका हुन् ।

सेनापति शर्माले भने, ‘तपाईंहरूलाई आफूले चाहेको राजनीतिक दलमा लाग्ने छुट छ । तर, त्यहाँ पनि सैनिकको अनुशासित चरित्र प्रदर्शन गर्दा राम्रो हुन्छ ।’

 

 

ताजा अपडेट
सम्बन्धित समाचार