किन जादै छन् ओली वीरगंज ?

9.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज वीरगंज जाने भएका छन् ।

वीरगंजको घण्टाघरस्थित वीपी उद्यानमा हुन लागेको बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन ओली वीरगंज जान लागेका हुन् ।

ओली काठमाडौंबाट बाराको सिमरा एयरपोर्टबाट वीरगंज जाने र त्यहाँबाट मोटरसाईकलले स्कर्टीङ गरेर वीरगंज ल्याउने तयारी भएको छ ।

कार्यक्रममा सयौँले पार्टी प्रवेश गर्ने स्रोतको भनाइ छ । ओलीसँगै एमालेका शीर्ष नेताहरु समेत वीरगंज जाने भएका छन् ।  

ताजा अपडेट
सम्बन्धित समाचार