चोभारमा निर्माण गरिएको सुक्खा बन्दरगाहको प्रधानमन्त्री देउवाले आज उदघाटन गर्दै

12.2k Shares

काठमाडौं । काठमाडौंको चोभारमा निर्माण गरिएको सुक्खा बन्दरगाहको आज दिउँसो २ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले उदघाटन गर्दै छन् ।

वीरगञ्जबाट माल वस्तु बोकेर डिजिटल लकिङ लगाएर काठमाडौं आएको कन्टेनरलाई बन्दरगाहमा प्रधानमन्त्रीले भित्र्याएर बन्दरगाह सञ्चालनको घोषणा गरिने कार्यक्रम रहेको नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए ।

२२८ रोपनी क्षेत्रमा फैलिएको यो सुक्खा बन्दरगाह सञ्चालनमा आएपछि तेस्रो मुलुकबाट आउने माल वस्तुको भन्सार जाँच पास सिधै काठमाडौंमा हुनेछ भने सीमा क्षेत्रका भन्सारमा हुने पट्ट्यार लाग्दो जाम तथा अन्य खर्चबाट व्यवसायीले राहत पाउने विश्वास गरिएको छ ।

सुख्खा बन्दरगाह नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत निर्माण भएको हो । विश्व बैंकको ऋण सहयोगमा एक अर्ब ६० करोड लागतमा बन्दरगाह र करिब २० करोडमा इन्टरमोडल यातायात विकास समितिको प्रशासनिक संरचना निर्माण थालिएको थियो । एक वर्ष ६ महिनामा नै निर्माण सम्पन्न गर्ने गरी २०७५ जेठमा आयोजनाको ठेक्का सम्झौता भएको थियो ।

 

ताजा अपडेट
सम्बन्धित समाचार