ओलीले पार्टीलाई विभाजन र बिर्सजनतर्फ लैजाने दुष्प्रयास गरेको झलनाथ खनालको आरोप

10.3k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं ।  बुधबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) को माधव नेपाल समूहले ललितपुरको सानेपामा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता झलनाथ खनालले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई विभाजन र बिर्सजनतर्फ लैजाने दुष्प्रयास गरेको बताएका छन् ।

नेकपा (एमाले) का नेता खनालले सर्वोच्च अदालतको फैसलापछि पार्टीको बैठक राखेर नयाँ रुपले अगाडि बढ्ने पहल कदमी लिनुपर्नेमा प्रधानमन्त्री ओलीले गुट भेलाबाट पार्टीको विधान विपरित निर्णय गरी पार्टीलाई बिर्सजनमा लाने दुष्प्रयास गरेको बताएका हुन् । प्रधानमन्त्री ओलीको यस कदमप्रति पार्टी पंक्तिभित्र आक्रोश पैदा भएको उनको भनाइ छ । 

नेता खनालले पार्टीभित्र गुटबन्दी केपी ओलीले नै सुरुवात गरेको जिकिर गरे। ओली दक्षिणपन्थी अवसरवादी बाटोमा हिंडेको उनको आरोप छ। एमाले, माओवादी पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी प्रधानमन्त्री ओलीको हातमा भएपनि एकतालाई भंग गर्ने काम गरेको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले पार्टीको नीति, सिद्धान्त अनुरुप सरकार सञ्चालन नगरेको, निर्वाचनमा गरिएको घोषणापत्र अनुरुपको काम गर्न नसकेको तथा भ्रष्टाचार उन्मुलनमा कुनै कदम चाल्न नसकेको आरोपसमेत लगाए ।

ताजा अपडेट
सम्बन्धित समाचार