होहल्लाको बाहानामा निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धतामा एमालेले गरेन हस्ताक्षर

12.8k Shares
सम्बन्धित पार्टी

काठमाडौं । नेपाली कांग्रेससहितका दलहरुले स्थानीय तह निर्वाचनमा निर्वाचन आचारसंहिता पालना गर्ने लिखित प्रतिवद्धता व्यक्त गरेका छन् । तर प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने हस्ताक्षर गरेको छैन ।

निर्वाचन आयोगले ३० वैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका ७९ वटा राजनीतिक दललाई बोलाएको थियो । आयोग पुगेका केही राजनीतिक दलले छलफल विनै हस्ताक्षर गराउन लागिएको भनेर असन्तुष्टि व्यक्त गरेका थिए ।

राजनीतिक दलहरुबाट प्राप्त सल्लाह सुझावलाई समेत समेट्दै ऐन, कानून र संविधान अनुरुप बनाएर राजपत्रमा समेत प्रकाशित भएकाले आचार संहितामा दलहरुलाई हस्ताक्षर गर्न बोलाइएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

नेकपा एमालेले पनि आचारसंहिता पालना गर्ने लिखित प्रतिवद्धतामा हस्ताक्षर गरेको छैन । एमालेबाट कानुन विभागका प्रमुख रमेश बडाल र निर्वाचन विभाग उपप्रमुख  निरज आचार्य आयोग पुगेका थिए । 

ताजा अपडेट
सम्बन्धित समाचार