सरकारले रेल-वे बनाउन सक्दैन,व्यापार घाटा धेरै छ : प्रधानमन्त्री देउवा

10.1k Shares
सम्बन्धित राजनीतिज्ञ

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले नेपाल सरकार आफैँले रेल–वे निर्माण गरी रेल सेवा सञ्चालन गर्न नसक्ने बताएका छन् ।

उनले नेपालको व्यापार घाटा बढ्दोक्रममा रहेको भन्दै तत्काल सरकारले त्यसमा लगानी गर्न सक्ने अवस्था नरहेको बताएका हुन् । विश्व बैंकको सहयोगमा निर्माण चोभार सुख्खा बन्दरगाहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कुनै दातृ राष्ट्रको अनुदान वा सस्तो ब्याजदरमा ऋण लिएर सरकारले रेल(वेमा लगानी गर्न सक्ने बताए ।

प्रधानमन्त्री देउवाले बढ्दो व्यापार घाटालाई कम गर्न स्वदेशी कच्चा पदार्थ र स्वदेशी सीपको प्रवर्द्धनमा जोड दिनुपर्ने बताए । उनले चोभार सुख्खा बन्दरगाह निर्माणले मुलुकको आर्थिक विकासमा सहयोग पुर्‍याउने अपेक्षा व्यक्त गर्दै अन्य ठाउँहरूमा समेत सुख्खा बन्दरगाह निर्माण गर्नमा जोड दिने बताए ।

ताजा अपडेट
सम्बन्धित समाचार