नेकपा एमाले ओली समुहको संसदीय दलको बैठक बिहिबार बस्दै

12.7k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

 काठमाडौं । नेकपा एमाले ओली समुहको संसदीय दलको बैठक बिहिबार ११ बजे बालुवाटारमा बस्ने लागेको हो ।

प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् ।

एमालेभित्र गुटको संघर्ष उत्कर्षमा पुग्दा संसदीय दलको बैठक बोलाइएको हो । बैठकमा माधव नेपाल समूहका सांसदहरु अनुपस्थित हुने भएका छन् । नेपाल समूहले बिहिबारसम्म राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिरहेको छ ।

२८ फागुनमा एमाले अध्यक्ष ओलीले गरेका विभिन्न निर्णयहरु फिर्ता नभएसम्म नेपाल समूहले कुनैपनि बैठकमा सहभागी नहुने अडान राखेको छ । ओलीले निर्णयबाट पछि नहट्ने स्पष्ट पारेका छन् । यसले नेकपा विभाजनको संघारमा पुगेको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार