अभिनेता भुवन केसी काठमाडौँ महानगरपालिकाको मेयर पदमा उठ्ने

11.7k Shares

काठमाडौँ । अभिनेता भुवन केसी काठमाडौँ महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन् ।

केसी उन्नत लोकतान्त्रिक पार्टीका तर्फबाट काठमाडौँको मेयरमा उठ्न लागेका हुन् । 

स्वागत नेपाल अध्यक्ष रहेको पार्टीले काठमाडौँको मेयरमा भुवन र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

केसीको चुनाव चिह्न किताब हुनेछ । मेयरका उम्मेदवार केसीले महानगरवासीलाई सहरिया गरिबी, डेरावालका व्यवस्थापनका समस्या तथा घरेलु हिंसाका मुद्दामा सही न्याय दिँदै सामाजिक न्यायलाई प्रत्याभूत गर्ने विश्वास लिएको पार्टीले जनाएको छ । 

ताजा अपडेट
सम्बन्धित समाचार