एमाले प्रवेश गरेको २४ घण्टा बित्न नपाउँदै धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष माओवादीमै फर्किए

10.7k Shares
सम्बन्धित पार्टी


काठमाडौं । एमाले प्रवेश गरेको २४ घण्टा बित्न नपाउँदै धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष  पित्त बहादुर डल्लाकोटी (हरि) पुनः माओवादी केन्द्रमै फर्किएका छन् । 

डल्लाकोटी (हरि)ले पार्टी अध्यक्ष प्रचण्डलाई समेत भेट गरिसकेका छन् ।  प्रचण्ड निवास खुमलटारमा पुगेर डल्लाकोटीले प्रचण्डलाई भेटेका हुन् । बुधबार भएको भेटका क्रममा डल्लाकोटीले केही मान्छेको परिबन्दमा परेर आफू बालकोट पुगेको बताएका छन् । 

डल्लाकोटीको भनाइ सुनेपछि प्रचण्डले अब काममा फर्किन निर्देशन दिएका थिए ।मल्लले भेटपछि भने  ‘अध्यक्ष कमरेड प्रचण्डले गल्ती गरेँ भनिसक्नु भो। अब काममा फर्कनुस् भन्नुभयो । ’  सोमबार माओवादीबाट निर्वाचित डल्लाकोटी धादिङ एमालेका नेताहरुको साथ लागेर पार्टी प्रवेशका लागि बालकोट पुगेका थिए । 

 

ताजा अपडेट
सम्बन्धित समाचार