काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकअघि वरिष्ठ नेता झलनाथ खनाल–माधव नेपाल पक्षले आफूपक्षीय सांसदहरूको राष्ट्रिय कार्यकर्ता भेला आज बिहीबारै सकिन लागेको हो । भेला बोलाएको छ ।
भेलाले आगामी तीन महिने अभियानसहितको रणनीति तर्जुमा गर्ने नेताहरुको भनाइ छ । जुन रणनीति तल्लो तहसम्म पुर्याउने उक्त पक्षको तयारी छ । फागुन २३ मा सर्वोच्च अदालतले गरेको फैसलाअनुसार नेकपा एमाले २०७५ जेठ २ को अवस्थामा फर्कनुपर्ने अडान खनाल–नेपाल पक्षले राख्दै आएको छ ।
राष्ट्रिय कार्यकर्ता भेला चलिरहेको स्थान हेरिटेज गार्डेन सानेपामा बिहान साढे १० बजे सांसदहरूको भेला बोलाइएको एक सांसदले बताए ।
ओली पक्षले यो पक्षलाई गुट भेलाको संज्ञा दिदै गुटका सदस्यहरुसँग कुनै ‘डिल’ नगर्ने चेतावनी दिएको छ । ओलीले गत फागुन २८ मा केन्द्रीय कमिटी बैठकका नाममा नेताहरुको जिम्मेवारी हेरफेर र केन्द्रीय समिति नै पुनर्गठन गरेका थिए जसलाई खनाल नेपाल पक्षले खारेज गर्नुपर्ने बताउदै आएको छ ।