एमाले र राजावादीसँग चुनावी तालमेल नगर्ने जनमोर्चाको भनाई

8.2k Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाले आगामी स्थानीय चुनावमा नेकपा एमाले र राजावादी पार्टीहरूसँग चुनावी तालमेल नगर्ने प्रस्ट पारेको छ । 

जनमोर्चाले आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि देशव्यापी तयारी गरिरहेको भन्दै चुनावमा प्रतिगमन वा फासिष्ट शासनलाई पराजित गर्ने उद्देश्यलाई ध्यान दिएर एमाले र राजावादीबाहेकका पक्षहरुसित तालमेल गर्ने नीति लिएको उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । 

‘त्यस अनुसार एमाले र राजावादीसँग कुनै तालमेल नगर्ने र सत्तारुढ चार दलसित चुनावी तालमेल गर्ने हाम्रो नीति हुनेछ’, विज्ञप्तिमा भनिएको छ । एमसीसी सम्बन्धी मतभेदका कारण पाँच दलीय गठबन्धनबाट हटे पनि जनमोर्चाले अहिलेको देशको राजनीतिक स्थितिमा प्रतिगमन नै मुख्य खतरा रहेकाले चुनावमा त्यसलाई पराजित गर्न सत्ता पक्षका चार दलसित चुनावी तालमेल गर्ने ठेगान गरेको जनाएको छ ।

त्यस्तै जनमोर्चाले त्यसका साथै प्रतिगमनका विरुद्धको संघर्षको क्रममा गठन भएको वर्तमान सरकारलाई दिएको समर्थन पनि कायम राख्ने नीति अपनाएको पनि दोहोर्याएको छ ।

 

ताजा अपडेट
सम्बन्धित समाचार