एमाले महासचिव पोखरेल नेतृत्वको प्रतिनिधिमण्डल निर्वाचन आयोग जाँदै

9.6k Shares
सम्बन्धित पार्टी

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल सहितको प्रतिनिधिमण्डल निर्वाचन आयोग जाँदै छ ।

आज दिउँसो १ बजे महासचिव पोखरेलसहितको प्रतिनिधिमण्डल आयोग जान लागेको हो।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिता लगायतका विषयमा केहीदिन अघि दलहरुसँग गरेको छलफलका क्रममा पनि दलहरुसँग छलफल नगरेको विषय सार्वजनिक भएपछि एमाले आयोगको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउन जान लागेको हो।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले महासचिव सहितको प्रतिनिधिमण्डलको टोली आयोग गएर ध्यानाकर्षण पत्र बुझाउन लागेको जानकारी दिए।

ताजा अपडेट
सम्बन्धित समाचार