काठमाडौं । आज अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ ।
भोलि दिउँसो २ बजे निर्वाचन आयोगले निर्वाचन आचारसंहिता घोषणा गर्ने भएकाले त्यसअघि नै सरकारी नियुक्तिलगायतका निर्णय सकाउने सरकारी तयारी छ ।
आजको बैठकले विभिन्न मुलुकमा रहेका राजदूतावास र नियोगमा रिक्त राजदूत नियुक्तिको निर्णय गर्नेछ । आजको बैठकमा भर्खरै नियुक्त कानुन,न्याय तथा संसदीय व्यवस्था मन्त्री गोविन्द बन्दीले शपथ ग्रहणलगत्तै भाग लिने छन् ।