विद्यार्थी बाहिर पठाएर नेपालमा पैसा कमाउने धन्दा चलेको छ: ओली

12.1k Shares
सम्बन्धित पार्टी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही तत्वले नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रका लागि कलेज नै सञ्चालन गर्न नदिएर विद्यार्थी विदेश पठाएर पैसा कमाउने धन्दा गरिरहेको बताएका छन्।

राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको चौथो राष्ट्रिय महाधिवेशन उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

 उनले भने,  भौतिक संरचना निर्माण गरेको छ। जनशक्ति तयार भएको छ। तर, अनुमति दिन खोज्यो कि केही मानिस हड्तालदेखि भोकै बसेर हैरान गर्ने काम भएको छ, नेपालमै जनशक्ति उत्पादन गर्न कसैले खोज्यो भने हुनै नदिने तत्व छन्।’

उनले नेपालमा कजेल सञ्चालन गर्न नदिने गरेको समेत बताए।  चिकित्सा शिक्षा सुरधारका अभियन्ता डा गोविन्द केसीप्रति इंगित गर्दै ओलीले एकजनाले सुत्दिम् भनेपछि सरकार डरले थरथर हुने अवस्था रहेको टिप्पणी गरे। अर्कोथरीले सामाजिक सञ्जालमा क्याम्पेन चलाएर स्वास्थ्य क्षेत्र र इन्जिनियर शिक्षा चलाउन पाइँदैन भनेर लाग्ने गरेको उनको भनाइ छ। 

ताजा अपडेट
सम्बन्धित समाचार