काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सूर्य चुनाव चिह्नलाई साझा बनाएर स्थानीय तह निर्वाचनमा जान सक्ने सम्भावना रहेको बताएका छन् ।
पार्टीको स्थानीय तह निर्वाचन घोषणापत्र र चुनाव चिह्न सार्वजनिक गर्नका लागि शुक्रबार चाबहिलमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले नेकपा एमाले सँग तालमेल हुने सम्भावना रहेको बताएका हुन् ।
आफ्नो पार्टीको संगठन विस्तार नभइसकेकोले जसरी पनि चुनावमा सहभागी हुने र चुनाव जित्नका लागि गठबन्धन आवश्यक रहेको थापाको भनाइ थियो । उनले तालमेलका लागि स्थानीय तहको प्रकृति र अवस्थालाई आधार मानिने पनि प्रस्ट पारे ।